ब्रेकिंग न्युज

किसान ट्याक्टर समितिको स्थापना दिवसमा रक्तदान, ७० युनिट रगत संकलन



बाणगंगा, १० असोज

नेपाल किसान ट्याक्टर समितिले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ७० युनिट रगत संकलन भएको हो।
कार्यक्रममा नगर प्रमुख अर्यालले रक्तदान मानवीय सेवाको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आवश्यक परेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूले आफ्ना स्थापना दिवस तथा अन्य अवसरलाई सामाजिक सेवासँग जोड्नु सकारात्मक अभ्यास भएको धारणा व्यक्त गर्नुभयो।


“रक्तदान जीवनदान हो” भन्ने सन्देश सहित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। संकलित रगतले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा अन्य आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।


कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद पौडेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।


नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष झविन्द्र खनालले संस्थाको स्थापना दिवसलाई औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो।


स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमले संस्थागत उत्सवलाई मानवीय सेवासँग जोड्ने संस्कारको विकास गर्न सहयोग पुगेको छ। यस्ता सामाजिक सेवामूलक गतिविधिले समुदायमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना बलियो बनाउने विश्वास गरिएको अध्यक्ष खनालको भनाइ रहेको छ।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६