समाचार

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स



काठमाडौँ, १५ असोजः

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ । कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन् । टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगलप्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ । नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा रु एक हजार छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६