खोज–अनुसन्धान

यौनधन्दा र अबैध हतियार प्रहरीको निशानामा : बाणगंगा क्षेत्रका होटलवाट ७ जना पक्राउ



कपिलवस्तु १८ असोज
कपिलवस्तुमा पछिल्लो साढे दुई महिनाको अवधिमा प्रहरीले १३ नाल घरेलु बन्दुक बरामद गरेको छ । अवैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद भएका हतियारमध्ये १२ नाल घरेलु लामो बन्दुक र एक नाल छोटो बन्दुक छन् । साउनदेखि असोजको पहिलो सातासम्मको अवधिमा यी हतियार बरामद भएका हुन् ।प्रहरीका अनुसार साउन महिनामा मात्रै ७ नाल घरेलु बन्दुकसहित तीन जना पक्राउ परेका थिए ।
भदौ महिनामा थप ५ नाल बन्दुक बरामद भएको थियो । त्यसैगरी असोजमा एक नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ । यस अवधिमा बरामद भएका हतियारमध्ये अधिकांश घरेलु रूपमा बनाइएका लामो बन्दुक रहेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा हतियार राख्ने तथा प्रयोग गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।प्रहरीले अवैध हतियारको प्रयोगबाट आपराधिक गतिविधि हुन सक्ने भएकाले हतियार लुकाएर राख्ने वा प्रयोग गर्ने व्यक्तिमाथि निगरानी र कानुनी कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।
यता कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न होटल तथा रेस्टुरेन्टमा सम्भावित गैरकानुनी गतिविधि हुने गरेको सूचनापछि प्रहरीले विशेष अप्रेसन सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले शुक्रबार वाणगंगाका विभिन्न क्षेत्रमा रहेका होटल तथा शङ्कास्पद स्थानमा निगरानी तथा जाँच गरेको हो ।प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको टोलीले वाणगंगा–पिपरा, बनगाई, जगदीशपुर र जहदी क्षेत्रका होटलमा एकैपटक जाँच गरेको थियो । दिउँसो करिब ४ बजेदेखि सुरु भएको अप्रेसनका क्रममा होटल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
केही होटलमा नियमित व्यवसायको आवरणमा यौनजन्य गतिविधि हुने गरेको गुनासो तथा सूचना आएपछि कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि प्रारम्भिक सोधपुछ भइरहेको र उनीहरूको भूमिका तथा होटलमा भइरहेको गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले होटल सञ्चालकको भूमिका, आर्थिक कारोबार तथा होटलको प्रयोगको उद्देश्यलगायतका विषयमा समेत अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिइएका सबै व्यक्ति दोषी हुन् भन्ने निष्कर्ष अनुसन्धानअघि नै निकाल्न नमिल्ने प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक कालिका कार्कीले अनुसन्धानपछि प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । उहाँले वाणगंगाका होटल तथा रेस्टुरेन्टमा हुने सम्भावित गैरकानुनी गतिविधिमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।तस्बीर: एआइ श्रृजित

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६