खोज–अनुसन्धान

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो   




   
राँझा (बाँके), १८ असोजः

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको हो ।    

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा भेरी अस्पतालले छ हजार ५ सय ९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ५ हजार ६ सय ८ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०८२÷८३ मा कूल प्रसूति सङ्ख्यामध्ये चार हजार १ सय ४५ जनाले सामान्य तरिकाले बच्चा जन्माएका छन् । जटिल अवस्थाका लागि प्रयोग गरिने भ्याकुम तथा फोर्सेप प्रविधिबाट २ सय ५ र जटिल वा जोखिमयुक्त अवस्थामा शल्यक्रियामार्फत दुई हजार २४७ जनाको प्रसूति गराइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रियामार्फत हुने प्रसूतिका घटना उल्लेखनीय रूपमा वृद्धि भएको अस्पतालका प्रमुख डा दर्नालले बताउनुभयो ।    

“भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दूरदराजबाट अन्तिम अवस्थामा रेफर भएर आउने प्रमुख थलो हो”, उहाँले भन्नुभयो, “प्रसूतिका दौरान हुनसक्ने जोखिम कम गर्न दक्ष जनशक्ति, आधुनिक प्रसूति उपकरण, प्रभावकारी एनआइसीयु र आकस्मिक सेवा प्रणालीलाई अझ बढी सुदृढ र प्रविधिमैत्री बनाउँदै लगिएको छ ।”    

अहिले गाउँघरका स्वास्थ्य चौकी वा निजी क्लिनिकमा लामो समय प्रयास गरेर जटिल बनेपछि मात्र भेरीमा पुर्याउने परम्पराले उपचारमा कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।    

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६