अर्घाखाँची २० असोज
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई सन्धिखर्क नगरपालिकाले बिदाइ गरेको छ । सुवेदीले अब कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी सम्हाल्नुहुने भएको छ । कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका सुवेदीबाट जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।प्रमुख जिल्ला अधिकारीका रूपमा रहँदा सुवेदीले जिल्लाको शान्ति–सुरक्षा, प्रशासनिक सेवा प्रवाह तथा स्थानीय तह र सरोकारवाला निकायबीच समन्वयमा पु¥याएको योगदानको प्रशंसा गर्दै सन्धिखर्क नगरपालिकाले सम्मानसहित बिदाइ गरेको हो।बिदाइ कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सुवेदीको कार्यकालमा जिल्लामा भएको समन्वय र सहकार्यको प्रशंसा गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रशासनिक सेवामा सुवेदीले पु¥याएको योगदान स्मरणीय रहेको बताउनुभयो।कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, वरिष्ठ प्रशासकीय अधिकृत हरिश्चन्द्र भुसाललगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।
२० आश्विन २०८३, मंगलबार









प्रतिक्रिया