ब्रेकिंग न्युज

बाणगंगामा रास्वपाको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम



कपिलवस्तु २ असोज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाणगंगा नगर समितिले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
नगर समिति सभापति बुद्धिसागर बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविद् मोहनलाल आचार्य प्रमुख अतिथि तथा विक्रम थापा र मञ्जु भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।


कार्यक्रममा रास्वपा जिल्ला सभापति शिव सुवेदी, जिल्ला सचिव यमलाल आचार्य, मायादेवी गाउँपालिकाका पूर्वअध्यक्ष तथा संगठन विभागका उपसभापति बजरङ्गी चौधरी, मायादेवी गाउँपालिका सभापति कमलेश दुबेलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो।


कार्यक्रमका क्रममा करिब ३०० जना पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको छ। पार्टीमा प्रवेश गर्नेहरूमा साविक मोतिपुर गाविस अध्यक्ष, पूर्व एमाले जिल्ला सचिवालय सदस्य नेत्रज्योती गिरी, बाणगंगा वडा नं.८ का वडा सदस्य विश्वास जिसी लगायतका रहेको रासपाले जनाएको छ ।

नव प्रवेशीलाई स्वागत गर्दै आयोजकले उनीहरूको सहभागिताले संगठन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै पार्टीको संगठन विस्तार र राजनीतिक सहभागिताका विषयमा समेत चर्चा गरिएको थियो।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६