ब्रेकिंग न्युज

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन



काठमाडौँ, २ कात्तिक

राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गर्नुभएको हो । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि हुनुहुन्थ्यो । –––

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६