अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप



किएभ, ३ कात्तिक (रासस\एएफपी):

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाउनुभएको छ । उहाँको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ । जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल) कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताउनुभयो । उहाँका अनुसार ती मिसाइल पठाउन अमेरिकी रक्षामन्त्री पीट हेगसेथको हस्ताक्षर आवश्यक छ । युरोपेली देशहरू आफ्नै भण्डारबाट प्याट्रियट इन्टरसेप्टर मिसाइल युक्रेनलाई उपलब्ध गराउन तयार भए पनि अमेरिकी स्वीकृति नपाएको जेलेन्स्कीले बताउनुभयो । उहाँले मिसाइल तयार भइसकेको र स्वीकृति प्राप्त भएको भए ती युक्रेनमा पुगिसक्ने उल्लेख गर्दै यसले युक्रेनलाई दिइने सहयोग सुस्त बनाउन राजनीतिक निर्णय भएको सङ्केत गरेको बताउनुभयो । रुससँगको युद्धमा अमेरिकी समर्थनप्रति प्रश्न उठाउँदै किएभले वासिङ्टनले मस्कोलाई मिसाइल आक्रमणबारे चेतावनी दिन नसकेको आरोप लगाएको छ । युक्रेनले सञ्चारका लागि प्रयोग गर्ने स्टारशील्ड प्रणालीमा गरिएको परिवर्तनले आफ्नो सैन्य प्रतिकारमा बाधा पुगेको पनि जनाएको छ । तर, अमेरिकाले युक्रेनसँगको गुप्तचर साझेदारीमा कुनै परिवर्तन नगरेको बताउँदै आएको छ । अर्को महिना प्रमुख मध्यावधि निर्वाचनको सामना गर्न लाग्नुभएका राष्ट्रपति ट्रम्पले भने युक्रेनका रुसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमणले तेल आपूर्तिमा दबाब सिर्जना गरेको र इन्धनको मूल्य बढाएको आरोप लगाउनुभएको छ । अमेरिकामा बढ्दो इन्धन मूल्य निर्वाचनको प्रमुख मुद्दामध्ये एक बनेको छ ।

प्रकाशित : ४ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६