देश

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा



काठमाडौँ, ४ कात्तिक

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उहाँले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गर्नुभएको हो । “यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् । दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ”, सभापति थापाले सन्देशमा उल्लेख गर्नुभएको छ । –––

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६