देश

अधिकांश स्थानमा मौसम सफा रहने



काठमाडौँ, ५ कात्तिक

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । यस्तै, शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो दिन देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित : ६ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६