अन्तर्राष्ट्रिय

चीन–रुसद्वारा बाह्य हस्तक्षेपको विरोध



बेइजिङ, ५ कात्तिक (रासस/एएफपी) :

चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुसको भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको वक्तव्यमा दुवै पक्षले विनाशकारी बाह्य हस्तक्षेपलाई युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने प्रमुख कारकका रूपमा औँल्याएका छन् । वक्तव्यमा युरेसियाली एकताको प्रक्रियामा अवरोध पु¥याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने कुनै पनि कार्यको दुवै देशले कडा निन्दा गर्ने उल्लेख छ । साथै, एकअर्काका मुख्य हित र प्रमुख सरोकारसँग सम्बन्धित विषयमा सधैँ दृढ समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । चीनले रुसको सुरक्षा, स्थिरता, राष्ट्रिय एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ । रुसको आन्तरिक मामिलामा बाह्य शक्तिले हस्तक्षेप गरेकोप्रति पनि चीनले विरोध जनाएको छ । यसैबीच, वक्तव्यमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने प्रस्तावित बैठकबारे कुनै उल्लेख गरिएको छैन । क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताहरूबीच सम्भावित पहिलो बैठकको तयारी भइरहेको बताउनुभएको थियो । उहाँका अनुसार आगामी महिना चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त शिखर सम्मेलनका अवसरमा उक्त बैठक आयोजना गर्ने उद्देश्य राखिएको छ । –––

प्रकाशित : ६ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६