खोज–अनुसन्धान

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता



राँझा (बाँके), ८ कात्तिकः

जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सोे अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको छ । सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ । चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ । यस क्रममा ७० जना पक्राउ परेका छन् । उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ । गत असोज महिनामा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन् । तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ फछ्र्योट हुन बाँकी छन् । गत असोज महिनामा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एक जना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो । –––

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६