देश

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न



काठमाडौँ, ८ कात्तिक

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिनुभएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी स्थायी रूपमा सडक निर्माणको काम अघि बढाइने मन्त्री लम्सालले जानकारी दिनुभएको छ । —

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६