खेलकुद

एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित



काठमाडौँ, ९ कात्तिक

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन । त्यसैगरी आसिफ शेखले ३२ जोडे । निरोशन डिक्वेलाले ७ रन बनाए भने शमिम हुसेन एक तथा कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । सुदुरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाउँदा इसान पाण्डेले ७ रन बनाए । बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिए । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो । उक्त प्रतियोगिताको खेल हेर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित उच्च अधिकारीको उपस्थिति थियो । भोलि दुई खेल हुनेछ । मध्यान्न १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमने सामने हुनेछन् भने अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोट्ल्सविच प्रतिस्पर्धा हुनेछ । —

प्रकाशित : १० कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६