तेहरान, ९ कात्तिक (रासस/एएफपी):
मक्का सुरक्षा सम्झौतामा सहभागी तीन देश र इरानबीच सोमबार तेहरानमा वार्ता सुरु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । यो बैठक पाकिस्तानको प्रस्तावमा आयोजना गरिएको हो। बैठकमा इरान, पाकिस्तान, साउदी अरब र टर्की सहभागी छन्। यसमा ‘क्षेत्रीय सहयोग, इरानविरुद्ध अमेरिकी–इजरायली आक्रमण र त्यसका परिणाम’ लगायतका विषयमा छलफल हुने इरानी राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्यपूर्वमा कुनै पनि तनाव वृद्धि रोक्न आवश्यक रहेको बताउनुभएको छ। साउदी अरब, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारीहरू इरानमा वार्ता गर्न भेला भउका समय कायरोमा आयोजित पत्रकार सम्मेलनमा इरानसँग सम्झौता र अमेरिकाबाट बढ्दो धम्कीबारे सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “इरानमाथि व्यापक सैन्य आक्रमण र त्यसको प्रतिक्रियास्वरूप खाडी मुलुकहरूमाथि इरानबाट हभइरहेको वा हुनसक्ने व्यापक सैन्य आक्रमणको जोखिमलाई जुनसुकै मूल्यमा पनि रोक्नुपर्छ।”









प्रतिक्रिया