ब्रेकिंग न्युज

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि



कञ्चनपुर, १० कात्तिक

कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । “यो क्षेत्र फुटबलको केन्द्र हो यहाँबाट थुप्रै खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय लिगमा खेलिसकेका छन्”, उहाँले भन्नुभयो । उहाँले क्लबले हरेक प्रतियोगितामा पुरस्कार राशि बढाउँदै गएको बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ विजेताले रु तीन लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजार नगद पुरस्कार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकलाई ,उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न र फुटबलको विकासमा योगदान पुर्‍याउने अपेक्षा आयोजकको छ ।

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६