अर्थ-वाणिज्य

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन



विराटनगर, १० कात्तिक

कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताउनुभयो । त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ । बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताउनुभयो । उहाँले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिनुभयो । —

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६