देश

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली



काठमाडौँ, ११ कात्तिक

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताउनुभएको छ । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउनुहुँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । कार्यक्रम महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो । –––

प्रकाशित : १२ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६