अन्तर्राष्ट्रिय

खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह वाल स्ट्रिट जर्नल



वासिङ्टन, ११कात्तिक (रासस/ सिन्ह्वा) :
अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो । उक्त समाचार अनुसार, अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको तीव्र सैन्य कारबाहीको तयारी गरिरहेका छन् । मध्यपूर्वमा रहेका अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः तिव्र पारिरहेका छन् भने बमवर्षक र लडाकु विमानहरू पनि सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएका छन् । इजरायलले पनि सम्भावित नयाँ आक्रमणका लागि योजना तयार पारेको र लक्ष्यहरू पहिचान गरिसकेको जर्नलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम निर्णय गरि नसकेको जनाउँदै इरानका पूर्वाधार र आणविक केन्द्रहरूलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजना तर्फ अघि बढेको समाचारमा उल्लेख छ । यस अघि इरानसँग कुनै सम्झौता गर्ने प्रयास पनि गर्न सक्ने बताउँदै गत हप्ता ट्रम्पले अमेरिकाले फेरि अर्को बमबारी अभियान सुरु गर्न सक्ने वा इरान कुनै सम्झौताका लागि सहमत हुन सक्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचन अघि भने इरानमाथि आक्रमण नगर्ने बताउँनुभएको छ ।

प्रकाशित : १२ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६