अर्थ-वाणिज्य

कृषि जेटिएको फूलखेती



कञ्चनपुर, १३ कात्तिक

फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लाग्नुभएको छ । आफ्नै चार कट्ठा जग्गामा उहाँले सयपत्रीका दुई हजार ४०० बोट फूल रोप्नुभएको छ । कृषि जेटिए अध्ययनपछि उहाँले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताउनुभयो । “तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ”, रावलले भन्नुभयो, “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो ।” तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अपेक्षा छ । “विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताउनुभयो । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ । परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उहाँको भनाइ छ । “यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ”, रावलले भन्नुभयो, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ ।” –––

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६