खोज–अनुसन्धान

मौलिक कला, संस्कृति र पहिचान जोगाउन युवाको पहल, कात्तिक २८ गते सांस्कृतिक कार्यक्रम हुँदै



बाणगंगा, २३ कात्तिक

नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाईमा कला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। शान्ति सिर्जना युवा नेपालको आयोजनामा आगामी कात्तिक २८ गते कार्यक्रम हुन लागेको संस्थाका अध्यक्ष एवम् कार्यक्रम संयोजक युग बहादुर के.सी. (दिपक) को भनाई रहेको छ ।
नेपाली समाजको मौलिक पहिचान बोकेका लोककला, लोकगीत, लोकनृत्य, भेषभूषा, भाषा, रीतिरिवाज र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्देशक अशोक वाग्लेले बताउनु भयो ।


आधुनिकता र बदलिँदो सामाजिक परिवेशसँगै मौलिक सांस्कृतिक अभ्यासहरू क्रमशः ओझेलमा पर्दै गएको अवस्थामा युवाहरूले संस्कृति संरक्षणको जिम्मेवारी लिनु सकारात्मक पहलका रूपमा हेरिएको छ। कुनै पनि समाजको पहिचान भौतिक विकास र आर्थिक समृद्धिमा मात्र सीमित हुँदैन; त्यस समाजको भाषा, कला, संस्कृति, परम्परा र जीवनशैलीले पनि सभ्यता र पहिचानलाई जीवन्त बनाएका हुन्छन्।
कार्यक्रमले स्थानीय कला र प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्नुका साथै पुस्तान्तरण हुँदै आएका सांस्कृतिक मूल्य र मान्यताको निरन्तरतामा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। विशेषगरी नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति, परम्परा र पहिचानप्रति आकर्षित गर्दै त्यसको संरक्षणमा सहभागी गराउनु कार्यक्रमको महत्त्वपूर्ण पक्ष रहने युवा ब्यवसायी तिलक गिरीले बताउनु भयो ।
संस्कृति संरक्षण कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव हुँदैन। यसका लागि परिवार, समुदाय, सामाजिक संघसंस्था, स्थानीय तह र युवा पुस्ताबीच साझा प्रतिबद्धता आवश्यक हुन्छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक परम्परालाई व्यवहारमा उतार्दै नयाँ पुस्तासम्म पु¥याउनु आजको आवश्यकता बनेको युवा ब्यवसायी शिव बन्जाडेको भनाई रहेको छ ।
शान्ति सिर्जना युवा नेपालको यो प्रयासले स्थानीयस्तरमा सांस्कृतिक जागरण अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, सद्भाव र आपसी सहकार्यको भावना बलियो बनाउन योगदान पु¥याउने विश्वास गरिएको छ। यस्ता कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी मौलिक कला, संस्कृति र पहिचान जोगाउने सामाजिक अभियानका रूपमा विकास गर्न सके यसको दीर्घकालीन महत्त्व अझ बढ्ने पत्रकार महासंघका सभापति डिलाराम भुसालले बताउनु भयो ।
नेपाली संस्कृति हाम्रो पुर्खाको विरासत र भावी पुस्ताको पहिचान हो। त्यसैले यसको संरक्षण गर्नु विगतप्रतिको सम्मान मात्र नभई भविष्यप्रतिको जिम्मेवारी पनि हो। युवाहरूको सक्रियतामा हुन लागेको यस कार्यक्रमले मौलिक संस्कृति जगेर्नाको अभियानमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको युवा समाजसेवी अर्जून खरेलको भनाई रहेको छ।

प्रकाशित : २३ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६