खोज–अनुसन्धान

बीबीए परीक्षामा कपिलवस्तुको उत्कृष्टता,प्रशंसा आचार्य लुम्बिनी प्रदेशमै प्रथम



जीतपुर, कपिलवस्तु २३ कात्तिक
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातक तह बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) प्रथम सेमेस्टरको बोर्ड परीक्षामा कपिलवस्तुका विद्यार्थीले लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेका छन्। वाणगङ्गा नगरपालिका–३ मा सञ्चालित श्रीनगर इन्टिग्रेटेड कलेज (लुम्बिनी भिजन कलेज) की छात्रा प्रशंसा आचार्यले ३.८ जीपीए प्राप्त गर्दै प्रदेशमै प्रथम स्थान हासिल गरेकी छन्।
पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा सञ्चालित ब्याच २०२५ को परीक्षाको हालै सार्वजनिक नतिजामा आचार्यले उत्कृष्ट सफलता हासिल गरेकी हुन्। उनको यो उपलब्धिले कपिलवस्तुको शैक्षिक क्षेत्रको प्रतिष्ठा बढाउनुका साथै जिल्लाका विद्यार्थीमा उच्च शैक्षिक उपलब्धि हासिल गर्न सकिने सकारात्मक सन्देश दिएको क्याम्पसका अध्यक्ष सरोज खनालको भनाई रहेको छ।

आचार्यसँगै कलेजका अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याएका छन्। परीक्षामा प्रशान्त चौधरी, रजत कुमार अग्रहरी र समिर रुचालले समान ३.७ जीपीए प्राप्त गरेका छन्। उनीहरूसहित कलेजका दर्जनौँ विद्यार्थी उच्च जीपीएका साथ उत्तीर्ण भएका छन्।
विद्यार्थीहरूको सफलताले कलेजको शैक्षिक वातावरण, प्राध्यापकहरूको मेहनत र विद्यार्थीको निरन्तर लगनशीलतालाई प्रतिबिम्बित गरेको कलेज प्रशासनले जनाएको छ। कलेजले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताका लागि कलेज प्रशासनले शुभकामना व्यक्त गरेको छ र
यस उपलब्धिमा योगदान पु¥याउने प्राध्यापक, कर्मचारी, सञ्चालक समिति, अभिभावक तथा शुभेच्छुकप्रति कलेजका अध्यक्ष सरोज खनाल, प्रबन्ध निर्देशक युवराज पोख्रेल, प्रमुख कार्यकारी अधिकृत कृष्ण केसी र क्याम्पस प्रमुख सुन्दर पाण्डेले संयुक्त रूपमा आभार व्यक्त गरेका छन्।
शैक्षिक उपलब्धि परीक्षामा प्राप्त अङ्कमा मात्र सीमित हुँदैन, यसले शैक्षिक संस्थाको गुणस्तर, विद्यार्थीको क्षमता र भविष्यप्रतिको आत्मविश्वास समेत अभिवृद्धि गर्छ।
प्रशंसा आचार्यको प्रदेशस्तरीय सफलताले कपिलवस्तुमा उच्च शिक्षाको सम्भावना र स्थानीय शैक्षिक संस्थाको क्षमता उजागर गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेले बताउनु भयो । यसले अन्य विद्यार्थीलाई पनि मेहनत, अनुशासन र निरन्तर अध्ययनमार्फत उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने अपेक्षा गरिएको पाण्डेको भनाई रहेको छ।

प्रकाशित : २३ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६