अन्तर्राष्ट्रिय

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु



नयाँदिल्ली, २३ कात्तिक (रासस/सिन्ह्वा):
भारतमा आइतबार रातभरि भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको स्थानीय प्रहरीले सोमबार पुष्टि गरेको छ । दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो । यी घटनाहरू आइतबार मनाइएको वार्षिक चाड ‘दिवाली’ को रातमा भएका हुन्। प्रहरीका अनुसार आगलागीबाट सिओनी जिल्लामा एक परिवारका छ जना सदस्यहरूको मृत्यु भएका र चार जना घाइते भएका छन् । उनीहरूको तीनतले घरभित्र ठूलो आगोलागी भएपछि उनीहरूको हताहत भएको हो । घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ। त्यसैगरी, कटनी जिल्लाको बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । आगोलागीको कारण अज्ञात रहेको स्थानीय प्रहरीले बताउनुभएको छ । तेस्रो घटनामा परिवारका छ जना सदस्यहरू निदाएको अवस्थामा घरभित्र आगो फैलिएपछि निस्केको धुवाँले गर्दा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६