अन्तर्राष्ट्रिय

चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने



बेइजिङ, २२ कात्तिक (रासस/सिन्ह्वा):
चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ। यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो । यो समायोजन नोभेम्बर १० देखि लागू हुनेछ। यसले वासिङटनमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीच भएको बैठकबाट निस्केका नतिजा र सहमतिलाई कार्यान्वयन गर्दछ भनी आयोगले अनलाइन विज्ञप्तिमा जनाएको छ। यो कदमले देशको भन्सार कानून, भन्सार ऐन र वैदेशिक व्यापार कानूनका साथै अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्तअनुसार राज्य परिषद्को भन्सार शुल्क आयोगको सन् २०२५ को घोषणा नं. ४ मा उल्लेखित अतिरिक्त भन्सार उपायहरूलाई समायोजन गर्दछ। चीनले भनेको छ, “अमान्य ठहरिएका अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गतका भन्सार शुल्कलाई धारा ३०१ का भन्सार शुल्कले प्रतिस्थापन गर्ने योजना रहेको अमेरिकी पक्षले जानकारी गराएको आयोगले जनाएको छ। चीनले अमेरिकी पक्षका आगामी कदमहरू नजिकबाट निगरानी गर्नेछ र परिस्थितिअनुसार आफ्ना सम्बन्धित भन्सारसम्बन्धी जवाफी उपायहरू समायोजन गर्ने आयोगले बताएको छ। अमेरिकी आयातमाथिको अतिरिक्त भन्सारको आंशिक निलम्बन जारी राख्नु दुवै देशका उद्यमहरूबीचको सहकार्यका लागि अपेक्षाकृत स्थिर र अनुमानयोग्य नीति वातावरण प्रदान गर्न र चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको दिगो र स्थिर विकास प्रवद्र्धन गर्न उपयोगी हुने आयोगले बताएको छ। –––

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६