अन्तर्राष्ट्रिय

चीनद्वारा युरोपेली सङ्घसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान



बेइजिङ, २४ कात्तिक (रासस\सिन्ह्वा):
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताउनुभएको छ । उहाँले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राख्नुभएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका वाङले ईयूको प्रमुख सदस्य राष्ट्रका रूपमा फ्रान्सले चीन र ईयूबीच सन्तुलित व्यापार सम्बन्ध विकास गर्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । —

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६