देश

राष्ट्रिय शैक्षिक मञ्चमा बाणगंगाको सूर्योदयको उज्यालो, लुम्बिनी प्रदेशकै उत्कृष्ट आधारभूत विद्यालय घोषित



कपिलवस्तु, मंसिर ६

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न दृढ इच्छाशक्ति, प्रभावकारी नेतृत्व र स्थानीय समुदायको सहकार्य आवश्यक हुन्छ भन्ने उदाहरण कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित सूर्योदय आधारभूत विद्यालयले प्रस्तुत गरेको छ। बाणगंगा नगरपालिका–८, चप्परगाउँमा रहेको यस विद्यालय राष्ट्रियस्तरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट आधारभूत विद्यालयका रूपमा सम्मानित भएपछि बाणगंगाको शैक्षिक पहिचान थप उचाइमा पुगेको छ।


प्रधानाध्यापक संघ नेपाल (एप्सन) द्वारा जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ मा सूर्योदय आधारभूत विद्यालयलाई लुम्बिनी प्रदेशको उत्कृष्ट आधारभूत विद्यालयका रूपमा सम्मान गरिएको हो। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा मंसिर ४ गते सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको थियो।
विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्याल र विद्यालयका प्रधानाध्यापक रेशमलाल खनाल समेत राष्ट्रियस्तरमा सम्मानित हुनुभएको छ। एउटै विद्यालयको संस्थागत उपलब्धिसँगै स्थानीय जनप्रतिनिधि र शैक्षिक नेतृत्वसमेत सम्मानित हुनुले विद्यालय विकासमा सामूहिक जिम्मेवारी र सहकार्यको महत्त्वलाई उजागर गरेको छ।
यो सम्मान एउटा विद्यालयले प्राप्त गरेको पुरस्कारमा मात्र सीमित छैन। सामुदायिक विद्यालयप्रतिको विश्वास, स्थानीय तहको जिम्मेवारी, शिक्षकको प्रतिबद्धता र अभिभावक तथा समुदायको सहभागिताबाट पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देश यसले दिएको छ।

प्रकाशित : ७ मंसिर २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६