बुटवल ३० असार।लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ भेटिएको छ । अस्पतालमा उपकरण तथा औषधि खरिद, कोभिड–१९ महामारी व्यवस्थापन तथा विभिन्न सेवा सुविधाका नाममा अनियमितताहरु भेटिएका हुन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो भेटिएको हो । अस्पतालमा विगतको भन्दा बेरुजु रकममा समेत करिब ५ गुणाले बढेको छ…