पार्वती पाण्डेकपिलवस्तु, ५ साउन । कपिलवस्तुको सर्वाधिक महत्वपूर्ण मध्येका २ सडक निर्माणको अन्तिममा पुगेका छन् भने त्यस मध्ये एक हस्तान्तरणको चरणमा पुगेको छ । जीतपुर तौलिहवा २१ किमी सडकको घनावसोवास क्षेत्रमा एक्सेस रोड (पहुच मार्ग) बनाउने काम सकिएकोछ । यो काम सकिएसंगै उक्त सडक निर्माता कम्पनीले डिभिजन सडक कार्यलय शिवपुरलाई हस्तान्तरण गर्ने तयारीमा रहेको छ…