खोटाङ, १२ असोज जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवं अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना…