खोज–अनुसन्धान

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना



पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताहरूमा हराउँदै गएको पठन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा (एमाले) पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । पुस्तकालयमा राजनीति, कानुन, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृतिलगायत नेपाली साहित्यका सबै विधाका पुस्तकहरू राखिएको छ । पुस्तकालयमा झन्डै तीन हजार पुस्तक राखिएको र थप सङ्कलनको कार्य भइरहेको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाडीको भनाइ छ ।
पुस्तकालयमा पहिलो चरणमा १५ हजारभन्दा बढी पुस्तकहरू राखिने भएको छ । यहाँ फलेवासको मोति पुस्तकालय निरन्तर सञ्चालनमा रहेको छ । यो नेपालकै नमूना पुस्तकालयका रूपमा पुरस्कृत भइसकेको छभने छिमेकी जिल्ला बागलुङमा पनि विद्यामन्दिर पुस्तकालय लामो समयदेखि सञ्चालनमा रहेको छ । अन्य पुस्तकालयहरू भने बन्द भइसकेका छन् ।

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६