कपिलवस्तु, ६ कात्तिक — लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले इजरायली नेतृत्व, जनताको अनुशासन, परिश्रम र संवेदनशीलताबाट नेपालले धेरै सिक्नुपर्ने बताएका छन्। उनका अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै स्वर्गीय नेपाली नागरिक विपिनकी आमा र वैनीप्रति देखाएको सहानुभूति र आदरभावले यहुदी समाजको मानवीय संवेदनशीलता र नेतृत्व संस्कृतिलाई प्रष्ट रूपमा उजागर…