बुटवल ३० फागुन ।पुराना कम्युनिष्ट नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रमुख धर्मनाथ यादवको निधन भएको छ ।सिरहाको सुखिपुर नगरपालिका ६ का यादवको ७० वर्षको उमेरमा उनको आज निधन भएको हो । घरमै निधन भएको यादवको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।स्थायी शिक्षक रहेका उनले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधि…