खोज–अनुसन्धान

दाङबाट काठमाडौं जाँदै गरेको बस फेरि दुर्घटना



दाङ ३० फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा रात्रीबस दुर्घटनामा परेको छ ।तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-००६ ख। ०९७४ नं। को रात्री बस ९:४० बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि बसमा सवार तुलसीपुर १९ बस्ने बर्ष २१ की आश्ता पौडेल, सोही ठाउँ बस्ने बर्ष २२ को बाबुराम लामीछानेको र लमही नगरपालिका ५ बस्ने बर्ष ४८ की बबिता शाही घाइते भएका छन् ।

घाइते सवैलाई मध्यम चोट लागेको र उपचारका लागि राप्ती पोलिक्लिक भालुवाङ पठाइएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिएकी छिन् । बसको टाईरेटगोली फुत्किएर बस अनियन्त्रित भई सडक भन्दा अन्दाजी ५ मिटर दायाँ रहेको सालको रुखमा ठोकिन गई दुर्घटना भएको प्रहरी निरिक्षक वलीले जानकारी दिएकी छिन् ।बसमा अन्दाजी ४० जना यात्रु सवार रहेका थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६