द हेग, १८ असोज (रासस\सिन्ह्वा) नेदरल्यान्ड्सको सर्वोच्च अदालतले इजरायललाई अमेरिकी निर्मित एफ–३५ लडाकू विमानका भागहरू निर्यात गर्न अनुमति दिने सरकारको इजाजतपत्रबारे पुनः मूल्याङ्कन गर्न आदेश दिएको छ । अदालतले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घनको सम्भावनालाई गम्भीरताका साथ तौलिनुपर्ने आवश्यकता औँल्याउँदै निर्णय दिएको हो । उक्त निर्णय छ हप्ताभित्र लागू गर्नुपर्ने आदेश दिइएको छ । यो…