कृष्णनगर २५ बैशाख कपिलवस्तुको कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय तथा स्थानिय गैसस र अन्तराष्ट्रिय दातृ निकायहरुको सहकार्यमा तयार गरिएको उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी प्रतिवेदनले गरीब, सीमान्तकृत तथा सरसफाइको अभाव भएका समुदायहरू अझै पनि गम्भीर स्वास्थ्य जोखिममा रहेको तथ्य उजागर गरेको छ ।प्रतिवेदनअनुसार उपेक्षित उष्ण प्रदेशीय रोगहरू मुख्यत गरीबी, अस्वच्छ वातावरण, सुरक्षित खानेपानीको अभाव, कमजोर स्वास्थ्य पहुँच…