लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अवैध लागुऔषध कोकिन ३३ ग्रामसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषध कोकिन ३३ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतको भुपालपुरा थाना–२९…