दाङ १२ जेठ । नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका सुरक्षित गरेको छ। घोरही उपमहानगरपालिका जित निकालिसकेको एमालेका लागि तुलसीपुरमा टीकाराम खड्का विजयी हुँदा दुवै नगरमा नेतृत्व सुरक्षित गरेको हो।मेयरमा खड्का र उपप्रमुखमा एमालेकै स्यानी चौधरी विजयी भए।नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै खड्काले जित निकालेका हुन्।गिरी गठबन्धनबाट उम्मेदवार थिए।…