खोज–अनुसन्धान

दाङका दुई उपमहानगरपालिका एमालेकालागि सुरक्षित : ५ दलिय सत्तागठबन्ध परास्त




दाङ १२ जेठ । नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका सुरक्षित गरेको छ। घोरही उपमहानगरपालिका जित निकालिसकेको एमालेका लागि तुलसीपुरमा टीकाराम खड्का विजयी हुँदा दुवै नगरमा नेतृत्व सुरक्षित गरेको हो।मेयरमा खड्का र उपप्रमुखमा एमालेकै स्यानी चौधरी विजयी भए।नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै खड्काले जित निकालेका हुन्।
गिरी गठबन्धनबाट उम्मेदवार थिए। खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे। कांग्रेसका गिरी २७ हजार ७१७ मत पाए।उपप्रमुखमा चौधरीले एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले पछि पारिन्। चौधरीले ३० हजार ५९७ मत ल्याउँदा रानाले २१ हजार ६५ मत ल्यइन्।तुलसीपुरमा यसअघि एमालेकै घनश्याम पाण्डे मेयर थिए।यता घोरहीमा नरुलाल चौधरीले मेयरमा जित निकालेर उपमहानगरपालिकामा एमालेलाई सुरक्षित गराइसकेका थिए।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६