काठमाडौं २४ माघ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहोर्याएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्याउनुभएकाे हो । यदि १४ सांसद नहटाउने हो भने सभामुखले…