बुटवल, २० वैशाख । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय…