कर्णाली

कर्णाली प्रदेश सरकारले पूर्णता पायो



कालीकोट, १८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मङ्गलवार सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि कँडेलले सात जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको छ ।

गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादीे र एमाले केन्द्रबीच भएको लामो छलफलपछि माओवादीबाट चार जना र एमालेबाट तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राख्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयो ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६