काठमाण्डौ, १३ पुस । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ…