काठमाण्डौ, १२ पुस । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे आउँदो पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको थियो । गएको ६ गते नै निर्णय भए पनि आज मङ्गलवारमात्रै आदेशको प्रमाणित कपी आएको हो । सर्वोच्च…