काठमाडौँ, २८ पुस । जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ । भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाण्डभित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा…