काठमाण्डौ, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ ।गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो ।…