सिद्धार्थनगर २६ मङसिर । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुभएको छ। भ्रष्टाचार त्यसको नियन्त्रण अब सबैको साझा ऐजेन्डा बन्नुपर्ने उहाँको भनाइ छ।मानवअधिकार तथा शान्ति समाजको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार(२०७८’ अर्पण कार्यक्रमलाई आइतबार बुटवलमा सम्बोधन गर्नुहुँदै शेरचनले मुलुक बनाउनेले भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, ‘लोकतन्त्र, गणतन्त्र ल्याउन…