कैलाली, २२ असोज : कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् । भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो…