जलेश्वर, २६ भदौ महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आज स्यालले टोक्दा चारजना गम्भीर घाइते भएका छन् । उनीहरु सबै एउटै टोलका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार,…