रोल्पा, २२ भाद्र । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले रोल्पाको रुन्टिगढी, त्रिवेणी, सुनछहरी, सुनिलस्मृति, गंगादेव र थबाङ गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिनुभयो । रोल्पा नगरपालिका, लुङग्री…