बुटवल ९ असोज । लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार सम्बन्धी अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दर्जन बढी उजुरी परेका छन्।२०७४ को स्थानीय चुनावमा गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानवीन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु…